गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

अख्तियारको नियुक्तिमा दलगत भागबन्डा छ, अदालतले समेत भाग खोजेको छ: गगन थापा

6.32K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सांसद गगन थापाले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका नियुक्तिहरूमा दलगत भागबन्डा रहेको बताएका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयकमाथिको छलफलमा राज्य व्यवस्था समितिमा बुधबार बोल्दै थापाले नियुक्तिमा दलगत भागबन्डा हुँदा अपेक्षाअनुसार परिणाम नदेखिएको बताए।

‘नियुक्तिमा दलगत भागबन्डा छ। पछिल्लो समय अदालतले समेत भाग खोजेको छ,’ उनले भने, ‘अर्कोतर्फ अख्तियारकै सदस्यलाई अख्तियारले मुद्दा लगाउनुपर्ने अवस्था छ, त्यसैले नियुक्तिको मापदण्ड बनाउनुपर्छ।’

उनले नियुक्ति मापदण्डबारे कानुनमै समावेश गर्न माग गरेका छन्। ‘राष्ट्रिय सतर्कता केन्द्रलाई अख्तियार मातहत लैजाऔं, उसले अनुचित कार्य हेरोस्। कानूनी व्यवस्था पनि गरौं,’ उनले भने, ‘सरकारका नीतिगत निर्णय के हुन् के होइनन् भन्ने पनि कानुनमै तोकौं।’

IME
khanepani