काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको...

पुरा पढ्नुहाेस्

कैलाश पर्वतको यात्रामा मोदी, चुच्चे नक्सा नाघ्दै नेपाली भू-भागको भ्रमण गर्ने

3.78K
shares
khanepani bord

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कैलाश पर्वतको दर्शनका लागि जाने भएका छन् । यस क्रममा उनी नेपालको चुच्चे नक्साभित्र समेटिएका स्थानहरूमा समेत पुग्ने कार्यक्रम छ ।

नेपालको दार्चुलासँग सीमा जोडिएको धार्चुला हुँदै मोदी कैलाश पर्वत र पार्वती सरोवर दर्शन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान साढे ९ बजे उनले नेपाली सीमाभित्र रहेका गुञ्जीका सात गाउँ (गुञ्जी, नाभि, कुटी, रोङकाङ, चपलच्यु गर्ब्याङ र बुदी) को भ्रमण गर्ने जनाइएको छ । त्यहाँका ३० जना स्थानीयवासीसँग मोदीले भेटघाट र छलफल गर्नेछन् । यस विषयमा नेपाली पक्ष अनभिज्ञ देखिएको छ ।

मोदीले त्यहाँ उनले भारतीय सेना, आइटीवीपी, एसएसबी र सुरक्षा अधिकारीहरूसँग भेटघाट र फोटो सेसन गर्ने तय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी मध्यान्ह १२ बजे अल्मोडाको जागेश्वर धामको दर्शन र पूजापाठ गर्नेछन् । दिउँसो साढे २ बजे पिथौरागढमा आयोजित सभालाई सम्बोधन कार्यक्रम तय भएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी बिहीबार दिनभरि प्रधानमन्त्री मोदीसँगै भ्रमणमा रहनेछन् ।

नेपालको चुच्चे नक्सामा समेटिएको सो क्षेत्रमा हुने मोदीको भ्रमणका विषयमा नेपालमा कुनै चर्चा छैन ।

सरकारी निकाय, राजनीतिक दल र सामाजिक सञ्जाल प्रयोगकर्तासमेत यो बारे बेखवर जस्तै छन् । सीमा क्षेत्रमा पनि सन्नाटा छ ।

IME
khanepani