सहकर्मीमाथि पेट्रोल छर्किई आगो लगाएर भागेका युवक पक्राउ
वि.सं.२०८० असोज २५ बिहीवार १०:३१
shares

काठमाडौ । काठमाडौ सहकर्मीमाथि पेट्रोल छर्किई आगो लगाएर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार (असोज २२ गते) ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एस.बी ह्याण्ड ग्राफीमा काम गर्ने २६ वर्षीय शिवु भनिने शिव विश्वकर्माले आफूसँगै काम गर्ने २४ वर्षीय अरूण विश्वकर्मामाथि पेट्रोल छर्किएर आगो लगाएर फरार भएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पर्सा जिल्ला सोबर्णपुर गाउँपालिका वडा नं. ६ घर भएका शिवलाई घटनाको भोलिपल्ट काठमाडौंको सुनधाराबाट पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार अरूणमाथि लागेको आगो निभाउने क्रममा सोही स्थानमा काम गर्ने थप २ जना पनि घाइते भएका थिए।
आगो लागेर घाइते भएका तीनै जनाको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको एसपी रेग्मीले जानकारी दिए।
पक्राउ परेका युवकलाई थप अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको एसपी रेग्मीले जानकारी दिए।
























