गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

नेपाली भू-भागमा भारतीय प्रधानमन्त्रीको घुसपैठ आपत्तिजनक, सरकारले जवाफ दिनुपर्छ : डा. भीम रावल

3.93K
shares
khanepani bord

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जानकारी नदिईकन नेपाली भूभागमा प्रवेश गर्न लागेकोमा एमाले नेता तथा पूर्वमन्त्री डा. भीम रावलले कडा आपत्ति जनाएका छन् । सरकार र प्रधानमन्त्रीले यस विषयमा जवाफ दिनुपर्ने उनको माग छ ।

मोदीले नेपालको सिमानाभित्र रहेको गुञ्जिका सात गाउँमा स्थानीय बासिन्दासँग छलफल गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस विषयमा सरकारले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । स्थानीय प्रशासन पनि बेखबरजस्तै देखिएका छन् ।

एमाले नेता डा. रावल यो निकै संवेदनशील विषय भएको बताए ।

उनी भन्छन्, ‘लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको भूभाग हो । नेपालको नक्सामा नै ती क्षेत्रहरु समेटिएका छन् । त्यहाँ नेपालको जानकारी बेगर भारतीय प्रधानमन्त्रीले भ्रमण गर्नु सामान्य कुरा होइन ।’

नेपाल सरकारले यस विषयमा प्रतिक्रिया दिनुपर्ने रावलले बताए ।

उनी थप्छन्, ‘नेपालका प्रधानमन्त्रीज्यू, परराष्ट्रमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? नेपाली जनताले सुन्ने गरी उहाँहरुले जवाफ दिनुपर्छ । हामीलाई जानकारी छैन भन्नुजस्तो लाचारी केही हुँदैन । भारतको दिल्लीस्थित राजदूतावास के कामका लागि राखेको हो ?’

डा. रावलले यस विषयमा नेपाली राजदूतसँग सोध्न तथा भारतलाई कूटनीतिक नोट दिन सरकारलाई सुझाव दिएका छन् ।

IME
khanepani