काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाइपबाट घरघरमा ग्याँस वितरण गर्न सकिने बताएका...

पुरा पढ्नुहाेस्

गठबन्धनको सुझावपछि संसदको चालू अधिवेशन भोलिदेखि अन्त्य गर्ने सरकारको तयारी

3.95K
shares
khanepani bord

काठमाडौं । सरकारले संसदको चालू अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकमा सहमति भएअनुसार नै सरकारले अधिवेशनको अन्त्य गर्ने तयारी गरेको हो ।

चालू अधिवेशनको अन्त्य गर्नेबारे गठबन्धन बैठकमा छलफल भएको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले अधिवेशन अन्त्य गर्ने विषयमा हामीसँग सुझाव माग्नुभएको थियो । हामीले अब चाडपर्व पनि सुरु भइसकेकाले भोलिबाट अन्त्य गर्दा हुन्छ भन्ने सुझाव दिएका छौं ।’

भोलि मन्त्रिपरिषद्को बैठक बसेर अधिवेशनको अन्त्य गर्न सरकारले राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी छ ।

प्रतिनिधिसभाको बैठक भोलि २ बजे बोलाइएको छ । त्यसबारेमा प्रधानमन्त्रीले आजै सत्तारुढ दलका प्रमुख सचेतक र सचेतकहरुसँग पनि छलफल गरेका थिए ।

IME
khanepani