काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

अस्ट्रेलियाको लगातार दोस्रो हार, दक्षिण अफ्रिकाको फराकिलो जित

5.71K
shares
khanepani bord

काठमाडौं । भारतमा जारी एकदिवसीय विश्वकपमा उपाधि दाबेदार अस्ट्रेलियाले लगातार दोस्रो हार ब्यहोरेको छ ।

बिहीबार भएको खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग एक सय ३४ रनले पराजित भयो । पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ११ रन जोडेको थियो । क्विन्टन डी कोकले एक सय ९ र एडन मक्रमले ५६ रन बनाएका थिए । अस्ट्रेलियाले ४०.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन जोड्यो ।

दक्षिण अफ्रिकाका कागिसो रबडाले ३ तथा ताब्राइज साम्सी, केशव महाराज र मार्को जान्सेनले २/२ विकेट लिए । अस्ट्रेलियाका लागि मार्नस लाबुसचाग्नीले सर्वाधिक ४६ रन जोडे । दक्षिण अफ्रिकाले लगातार दोस्रो जित हात पारेको हो ।

IME
khanepani