गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

नेपालगञ्जको बीपी चोकमा आगलागी, ७ वटा फर्निचर पसल नष्ट

6.47K
shares
khanepani bord

रुपन्देही । बाँकेको नेपालगञ्ज बीपीचोकनजिकै आगलागी भएको छ । सुर्खेत रोडस्थित ओम फिट्नेसबाट बागेश्वरी मन्दिर जाने बाटोमा रहेको फर्निचर पसलमा बिहान पौने ५ तिरबाट आगलागी भएको हो ।

एउटा पसलबाट सल्किएको आगोले ७ वटा फर्निचर पसल जलेर नष्ट भइसकेको प्रहरीले जनाएको छ । आगलागी हुनेबित्तिकै नेपालगञ्ज उपमहानगरपालिकाको दुई वटा दमकल र कोहलपुरबाट आएको दमकलले नियन्त्रणको प्रयास गरिरहेको छ ।

आगलागी भइरहेको टोलमा लस्करै करिब १४-१५ वटा फर्निचरको पसल छ ।

बाँके‌ प्रहरी प्रवक्ता नारायण डाँगीले नियन्त्रण प्रयास जारी रहेको भन्दै क्षतिको विवरण आउन समय लाग्ने बताए ।

IME
khanepani