काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

केदार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि दबाब दिन ४८ सांसद प्रदेश प्रमुखकोमा जाँदै

6.83K
shares
khanepani bord

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्न दबाब दिन कोशी प्रदेशका ४८ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालयमा सशरीर उपस्थित हुने भएका छन् ।

बिहीबार नै नेकपा एमालेका ३९ र काङ्ग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेश सभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित हुने भएका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङ्गले आज ५ बजेपछि नियुत्तीको प्रक्रिया सुरु गर्ने भनेकाले दबाब दिन सशरीर नै उपस्थित हुन लागेको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

बिहीबार साँझ कोशी प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभा सदस्य केदार कार्कीले मुख्यमन्त्रीमा ४७ जना प्रदेश सभा सदस्यको हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

दाबी पेश गरे पनि अहिलेसम्म मुख्यमन्त्रीमा नियुक्त नगरेपछि सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा स शरीर उपस्थित हुने तयारी गरेका हुन् । नेकपा एमालेका ३९ जना प्रदेश सभा सदस्य सहित नेपाली काँग्रेसका ९ जना प्रदेश प्रमुखको कार्यालयमा जाने तयारी भएको भण्डारीले जानकारी दिए ।

असोज २० गते प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीकोलागि आधार सहित दाबी प्रस्तुत गर्न २६ गते साँझ ५ बजेसम्मको समय दिएका थिए । त्यो समय भित्र दाबी प्रस्तुत गरेका कार्कीको तर्फबाट ४७ जना सांसदहरू सहित नै प्रदेश प्रमुखकोमा प्रमाणको रूपमा प्रस्तुत हुने भण्डारीले बताए ।

कोशी प्रदेशको मुख्यमन्त्रीकोलागि संविधानको धारा १६८ (५) अनुसार गठबन्धनको तर्फबाट इन्द्रबहादुर आङ्बोले पनि मुख्यमन्त्रीको दाबी पेस गरेका छन् । उनले सत्ता गठबन्धनको निर्णय भन्दै काङ्ग्रेसका ९ जना सदस्यको पुरानो हस्ताक्षर सहित मुख्यमन्त्रीको दाबी पेस गरेका हुन् । दुई जनाको दाबी पेस भएपछि प्रदेश प्रमुखले आवश्यक कानुनी परामर्श गर्ने बताएका थिए ।

IME
khanepani