काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

प्रचण्ड सरकारको आयु बढीमा २ महिना, कोशीले संकेत देखायो : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे

4.73K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको टिप्पणी गरेका छन् ।

कोशीमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा २ महिना रहेको उनको भनाई छ ।

रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले भने, ‘अहिले जुन परिस्थिति कोशीमा देखिएको छ । यसले के संकेत गरिरहेको छ भने । १, २ महिनाभित्रमा अहिलेको सरकार बदलिएर नयाँ राजनीतिक समीकरणमा जान्छ भन्ने मैले देखिरहेको छ । मंसिरसम्म यो सरकारको आयु २ महिना राखिदिए हुन्छ ।’

संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूले सुनेको भरमा अभिव्यक्ति दिएको नभई केही तथ्य र सूचनाहरू प्राप्त गरेको उनले दाबी गरे ।

शनिबार मात्रै कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता केदार कार्की विद्रोह गर्दै नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले आइतबार पद तथा गोपनीयताको शपथ लिने छन् ।

IME
khanepani