काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

जावलाखेल जुत्ता चप्पल दशैं महोत्सवका पहिलो विजेतालाई २२ हजारको खसी

5.37K
shares
khanepani bord

काठमाडौं । जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० ले ‘लक्की ड्र’ को पहिलो विजेता घोषणा गरिएको छ ।

जुत्ता चप्पल दशैं महोत्सव जावलाखेल फुटबल मैदानमा लक्की ड्र का विजेता कुपन नं‍ २३९९८ को मिरा तिवारीलाई बम्पर उपहार स्वरूप २२ हजार बराबरको खसी प्रदान गरिएको हो ।

त्यस्तै, कुपन नम्बर १४३४४ का हरि प्रसाद अवस्थी, कुपन नम्बर १४३८३ की सीता अधिकारी, कुपन नम्बर ९०७३ की उर्मिला साह, कुपन नम्बर ६९९२ की सुस्मिता थापामगर, कुपन नम्बर २१५६९ की संगिता गौतम, कुपन नम्बर ६९५४ का विनय महर्जन, कुपन नम्बर ४३६० की सविता खत्रीले १ हजार बराबरको सपिङ भौचर पाएका छन् ।

साे भौचर पाउनेमा कुपन नम्बर २८२५ का सुजन कुमार पण्डित, कुपन नम्बर ३९८८ की कल्याणी कुँवर, १४०४७ का शिवम थापा र कुपन नम्बर १२९७५ का शिव कुमार पुन समेत रहेका छन् ।

बम्पर उपहारको दोस्रो विजेता मेलाको अन्त्यमा घोषणा गरिने आयोजकले जनाएको छ । दोस्रो विजेताले पनि बम्पर उपहार स्वरूप २२ हजार रुपैयाँ बराबरको खसी प्राप्त गर्नेछन् । विजेताहरूलाई नियमअनुसार कर कट्टी गरी रकम हस्तान्तरण गरिनेछ ।

यही असोज १० गतेदेखि चलिरहेको महोत्सवमा नेपाली ब्रान्डका गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पलहरू ५० प्रतिशत सम्मको छुट प्रदान गरिरहेको छ ।

महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरू आकर्षक छुटका साथ सुपथ मूल्यमा उपलब्ध छन् ।

IME
khanepani