गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैं अघि नै विश्वासको मत लिने तयारी

7.35K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दसैंअघि नै विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिनकै लागि कात्तिक १ मा प्रदेश सभा बैठक बस्ने भएको छ।

यसअघि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ।

प्रदेश सभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो।

मुख्यमन्त्री कार्कीले हिजो शपथ लिएपछि तत्कालै विश्वासको मत लिने तयारी गरेका हुन्।

‘एमालेसहित अन्य दलसँग मुख्यमन्त्रीले छलफलअघि बढाउनु भएको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले भन्यो, ‘सम्भवत: आज संसद सचिवालयलाई यसबारे जानकारी गराइनेछ।’

कांग्रेसबाट विद्रोह गरेर सविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीलाई एमालेले समर्थन गरेको छ।

IME
khanepani