काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

इजरायल सरकारले हस्तान्तरण गरेका पाँच वटा शव छिट्टै नेपाल ल्याउँछौं: परराष्ट्रमन्त्री साउद

4.56K
shares
khanepani bord

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायल युद्धमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउने तयारी भइरहेको बताएका छन् ।

सुदूरपश्चिम पत्रकार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मृत्यु भएका १० मध्ये पाँच वटा शव इजरायल सरकारले हस्तान्तरण गरिसकेकाले छिट्टै नेपाल ल्याउने तयारी भइरहेको बताए ।

उनका अनुसार अन्य पाँच वटा शवको जाँच प्रक्रिया पूरा भएपछि नेपाललाई बुझाइनेछ । मन्त्री साउदले इजरायलमा वेपत्ता विद्यार्थी विपीन जोशीको खोजीका लागि हमाससँग सम्बन्ध भएका अन्य खाडी मुलुकका सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए ।

उनले पीडाका बेला एक हुन्छौं भन्ने उदाहरण इजरायल घटनाले देखाएको भन्दै संसद, राजनीतिक दलहरु, नागरिक समाजलगायत सबैप्रति आभार प्रकट गरे ।

IME
khanepani