काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

कोशीको विद्रोहबारे धुम्वाराहीमा उपसभापति र महामन्त्रीसँग देउवाको छलफल

4.02K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति, महामन्त्रीहरूको बैठक सुरू भएको छ । देउवाले कोशीमा शेखर पक्षले गरेको विद्रोहलगायत समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बोलाएका थिए ।

देउवा निवास धुम्वाराहीमा पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पुगेका छन् ।

कोशीमा नेता शेखर कोइरालाले विद्रोह गरेर एमालेसँग समीकरण थालेपछि कांग्रेसभित्र विवाद चुलिएको छ । कोशीमा शेखर पक्षका केदार कार्की मुख्यमन्त्री बनेका छन् । उनलाई सत्ता गठबन्धनले पनि साथ दिने भएको छ । तर, त्यसबाट विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि देउवाले बैठक राखेका हुन् ।

IME
khanepani