धनुषा हुलाकका कर्मचारीले ३ महिनादेखि पाएनन् तलब, दसैँको मुखमा बसे धर्ना
वि.सं.२०८० असोज २९ सोमवार १६:५८
shares

जनकपुरधाम । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् ।
पहिलो चरणको आन्दोलन अन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । कर्मचारी मनिता महतोले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताए ।
उनले भनिन्, ‘तलबका लागि पटक-पटक कार्यालय प्रमुखसँग आग्रह गर्यौं । तर उहाँ कुनै वास्ता गरिराख्नु भएको छैन ।’
जिल्ला हुलाक कार्यालयमा ५० जनाबढी कर्मचारी छन् । उनीहरूले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् ।

























