काठमाडौं । डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा...

पुरा पढ्नुहाेस्

मंगलबार नेपाली बजारमा घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

4.86K
shares
khanepani bord

काठमाडौ । काठमाडौ मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला सात सय रुपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani