काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

नेपालको विकास र समृद्धिमा विदेशी लगानी अभिप्रेरित गर्न एनआरएनलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह

5.99K
shares
khanepani bord

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विकास, समृद्धि र सुशासनतर्फ लैजान एनआरएनएको रणनीतिक भूमिका र दायित्वमा जोड दिएका छन् ।

एनआरएनएको ११औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपालीमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न आग्रह गरे ।

उनले भने, ‘तपाईँहरू बसोबास गरेको मुलुकका लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न अभिप्रेरित गर्नुहोस् । देशको आन्तरिक क्षेत्रमा लगानी वृद्धि गरी आर्थिक विकास गर्न सकेमात्र विकास र समृद्धि हुनसक्छ । नेपाल र विदेशमा बस्ने सबै नेपालीको पनि शीर उँचो हुन्छ । नेपाल समृद्ध नहुँदासम्म नेपालीको प्रतिष्ठा बढ्न सक्दैन ।’

एनआरएनएहरूले विदेशमा विकसित नयाँ प्रविधि नेपाल भित्र्याइ योगदान गर्न सक्ने बताए । नेपालको समग्र विकासमा थप भूमिका निर्वाह गर्न आग्रह गर्दै विश्वको जुन कुनामा बसे पनि नेपाली नेपाली हुने बताए।

IME
khanepani