काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चको राहत, ओलीमार्फत हस्तान्तरण

4.95K
shares
khanepani bord

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ संकलन गरी राहत प्रदान गरेका छन् ।

मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो ।

एमालेनिकट प्रवासी नेपाली मञ्च इजरायलमा आबद्ध सदस्य र शुभेच्छुकहरुबाट संकलन गरिएको ५ लाख २० हजार रुपैयाँमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले घोषणा गरेको १० लाख रुपैयासमेत थपेर पीडित परिवारलाई राहत प्रदान गरिएको हो ।

मन्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मंगलवार एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा एनआरएन अध्यक्ष बद्री केसी,एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईलगायत उपस्थित थिए ।

राहत रकम यथाशीघ्र सम्बन्धित परिवार र घाइतेहरुलाई एमालेको च्यानलबाट पठाइने आयोजकले जनाएको छ ।

IME
khanepani