काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

इजरायलबाट १८ जना नेपाली भारतको विमानमार्फत उद्धार

5.21K
shares
khanepani bord

काठमाडौं । इजरायलमा जारी द्वन्द्वका कारण घर फर्किन चाहनेमध्येका १८ जना नेपाली भारतीय उद्धार विमानमार्फत नेपाल आउने भएका छन् ।
भारतले आफ्ना नागरिकको उद्धारका लागि सुरु गरेको ‘अपरेशन अजय’ अन्तर्गतको विशेष विमानमा उनीहरू मंगलबार भारत आइपुगेका छन् ।

भारतीय विदेश मन्त्री एस जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत यस विषयमा जानकारी दिएका छन् । ‘अपरेशन अजय अगाडि बढ्दैछ । थप २८६ यात्रु भारत फर्किँदै छन्, जसमा १८ जना नेपाली नागरिक पनि रहेका छन्’, उनले लेखेका छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले फर्किन चाहने १८ नेपालीलाई भारतको उद्धार विमानमा पठाएको बताइन् ।

‘हामीले १२ अक्टोबरमा नेपाल एयरलाइन्समा २५४ जना नेपाली नागरिकलाई पठाएका थियौं । बाँकी रहेका नेपालीलाई लैजानका लागि थप उडानको व्यवस्था गर्ने भनेका छौं, उनले भनिन्, ‘तुलनात्मक हिसाबले असुरक्षित स्थानमा रहेकालाई तत्काल पठाउनुपरेकाले उनीहरूलाई पठाइएको हो ।’

IME
khanepani