भारतको स्पाइस जेटमार्फत इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगे
वि.सं.२०८० कात्तिक १ बुधवार ०८:२३
shares

काठमाडौं । भारतको स्पाइस जेटमार्फत इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगेका छन् ।
नेपाली दूतावासको समन्वयमा ४ जना विद्यार्थीसहित १९ जना दिल्ली आइपुगेका हुन् ।
उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरिएको छ, भने केहीलाई प्लेनमार्फत काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि ४ जना विद्यार्थी निकै टाढा भएका कारण उद्धारको क्रममा छुटेका थिए ।
सरकारले शव ल्याउने प्रयास पनि भइरहेको जनाएको छ । अहिलेसम्म ५ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाइसकेको छ ।






















