काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा बुधबार प्रतितोला एक हजार तीन सय रुपैयाँ बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

5.33K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ।

मंगलबार प्रतितोला चार सय रुपैयाँ घटेको सुनको भाउ बुधबार एकैदिन प्रतितोला एक हजार तीन सय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

IME
khanepani