गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

पार्टी कार्यालयमा पर्व विशेषका उपहार नपठाउन रवि लामिछानेले गरे आग्रह

3.94K
shares
khanepani bord

काठमाडौ । काठमाडौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दसैंलगायत पर्वका नाममा उपहार नपठाउन आग्रह गरेका छन्।

सूचना नदिई नेता विशेष वा पार्टीका नाममा उपहार पठाउन थालिएको भन्दै नपठाउन आग्रह गरेका हुन्।

‘पर्व वा सन्दर्भ विशेषमा शुभकामनासहित उपहार अदान–प्रदान गर्ने सर्वव्यापी चलन छ। जुन हार्दिक सम्बन्ध निरन्तरताको कामनासँग जोडिन्छ। व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यो चलन अत्यन्तै सकारात्मक हुँदा–हुँदै पनि राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपहार स्वीकार नगर्ने नीति लिएको छ,’ सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘पूर्वसूचना बेगर पार्टी र नेता विशेषको नाममा केन्द्रीय कार्यालय, वनस्थलीमा उपहार पठाउने क्रम सुरू भएकाले पार्टीको नीति सार्वजनिक जानकारीका लागि अवगत गराएको हुँ।’

उनले आफ्ना लागि पनि प्रत्यक्ष वा अप्रत्यक्ष (कोही÷कसैमार्फत्) उपहार पठाउने कष्ट नगर्न भनेका छन्।

‘जुनसुकै व्यक्ति वा संस्थासँग पार्टीको सम्बन्ध उपहारको आकर्षणले भन्दा ऐजेन्डाप्रतिको ऐक्यवद्धताले निर्धारण गर्ने भएकाले यो नीतिलाई सकारात्मक सुरूआतको रूपमा ग्रहण गरिदिनुहुन सम्वद्ध सबैमा आग्रह गर्दछु।,’ उनले भनेका छन्।

IME
khanepani