काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

प्रमोद खरेलको दसैँ-तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक

5.06K
shares
khanepani bord

काठमाडौं । प्रमोद खरेलको दसैँ-तिहार विशेष ‘परदेशी घर फर्की आइदेऊ न’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
लोक आधुनिक शैलीको परदेशीले दसैँ मान्न नपाएको यो गीतमा ऋषि खड्काको शब्द-संगीत रहेको छ ।

गीतको संगीत संयोजन कमल सौरागले गरेका छन् । मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका हुन् । गीतको अडियो ‘मारुनी’ स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

गीतको भिडियोलाई आशिरप्रताप जङले निर्देशन गरेका हुन् । राम केसी र टीमले भिडियो खिचेका हुन् भने सम्पादन र कलरिङ अमृत चापागाईंले गरेका हुन् ।
म्युजिक भिडियोको ‘लिड रोल’मा निर्देशक तथा चर्चित मोडल आशिरप्रताप जङ आफैंले अभिनय गरेका छन् । फिमेल क्यारेक्टरमा पछिल्लो समयकी चर्चित टिकटकर तथा मोडेल स्मारिका ढकाल रहेकी छन् ।

गीतको भिडियो हार्ट विट नेपालले सार्वजनिक गरेको हो ।

IME
khanepani