नेकपा एमालेले कात्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापना कार्यक्रम गर्ने
वि.सं.२०८० कात्तिक २ बिहीवार १५:२०
shares

काठमाडौं । नेकपा एमालेले कात्तिक १४ गते पार्टीको केन्द्रीय कार्यालय च्यासलमा चियापना कार्यक्रम गर्ने भएको छ ।
विगत वर्ष झैँ बडादसैँ, तिहार र छठपर्वका अवसरमा चियापान कार्यक्रम राखिएको हो ।
चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा चियापान गर्न राखिएको एमालेले जनाएको छ ।






















