काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले गर्‍यो भोजपुर बसपार्क सरसफाइ

4.62K
shares
khanepani bord

भोजपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले भोजपुर बसपार्क क्षेत्रमा सरसफाइ गरेको छ ।

युवा संघ नगर कमिटीको आयोजनामा नयाँ बसपार्क र नाली सरसफाइ गरिएको हो । नागरिकसँग प्रत्यक्ष जोडिँदै आफ्नो गाउँठाउँको विकासमा युवा शक्ति परिचालनको प्रेरणा जागृत गराउन सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष दीपेन्द्र दर्नालले बताए ।

चाडबाडको अवसर पारेर गरिएको सरसफाइको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं पत्रकार महासंघ भोजपुरका अध्यक्ष एक्सन राई, युवा संघका केन्द्रीय सदस्य विमल रणपहेँली, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रताप तामाङलगायतले नेतृत्व गरेका थिए ।

यसअघि पनि युवा संघले स्थानीयसँग समन्वय गरेर भोजपुर बजारका खाल्डाखुल्डी ढलान गरेर पुर्ने अभियान चलाएको थियो ।

IME
khanepani