ओलीको शुभकामना आदानप्रदान कार्यक्रमस्थलमा सुरक्षा व्यवस्था कडा
वि.सं.२०८० कात्तिक ३ शुक्रवार १३:३५
shares

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यतिखेर गृहजिल्ला झापामा छन् । दसैँतिहार, छठ पर्वको अवसरमा ओलीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमको व्यवस्थापन एमाले झापा जिल्ला कमिटीले गरेको छ ।
कार्यक्रमस्थल विर्तामोडको सिटी सेन्टरमा सुरक्षा निगरानी बढाइएको छ । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । कोशी नामकरणलाई लिएर पछिल्लो समय पहिचानवादीले एमाले नेता कार्यकर्तालाई निसाना बनाउँदै आएका छन् ।
केही दिनअघि मात्र एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रममा पहिचानवादीको हुलमा मिसिएर दुर्गा प्रसाईँ समर्थकले एमाले कार्यकर्ताको गाडी तोडफोड गरेका थिए ।
केपी ओली सहभागी हुने कार्यक्रम स्थल सिटी सेन्टर दुर्गा प्रसाईँको बीएण्ड सी अस्पतालभन्दा २ सय मिटरजति टाढा छ ।






















