काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

कोशी प्रदेशमा राप्रपाका नेता भक्तिप्रसाद सिटौलाले मागे, प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा

5.15K
shares
khanepani bord

विराटनगर । कोशी प्रदेशमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका छन् ।

मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिदा राप्रपाले विपक्षमा मतदान गरेको थियो । बुधबार विपक्षमा मतदान गरेका संसदीय दलका नेता सिटौलाले बिहीबार प्रदेशसभा सचिवालयलाई पत्र लेख्दै प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

बुधबार प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा मुख्यमन्त्री केदार कार्कीको पक्षमा ८६ मत खसेको थियो । नेकपा एमालेका ३९, नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक जना सांसदले पक्षमा मतदान गर्दा ६ सांसद रहेको राप्रपाका पाँच सांसदले विपक्षमा मतदान गरे । एक सांसद अनुपस्थित थिए ।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा राप्रपा बाहेकका सबै दल सत्तापक्षमा छन् । बिहीबार प्रदेश सभामुखलाई सम्बोधन गरेर निवेदन लेख्दै राप्रपा संसदीय दलका नेता सिटौलाले ऐनले तोके अनुसारको प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा माग गरेका हुन् ।

प्रदेशसभाले पास गरेको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ मा प्रमुख प्रतिपक्षी दलको नेताले मासिक ५९ हजार रुपैयाँ पारिश्रमिक पाउने उल्लेख छ । यो पारिश्रमिक सुविधा उपसभामुखको सरह हो ।

त्यसबाहेक बैठक भत्ता एक हजार, सञ्चार सुविधा ३ हजार, आवास सुविधा २१ हजार, फर्निचर सुविधा बापत एकमुष्ट २० हजार, एउटा सवारी साधन, मासिक १२५ लिटर पेट्रोल, विजुली सुविधा बापत मासिक एक हजार पाँच सय र दैनिक दुई हजार भ्रमणभत्ता प्राप्त गर्ने उल्लेख छ । त्यस्तै एक जना स्वकीय सचिव, एक जना सवारी चालक र अतिथि सत्कार बापत मासिक पाँच हजार सुविधा प्रमुख प्रतिपक्षी दलको नेताले पाउँछन् ।

सुरक्षा जोखिमको अवस्था रहे एक जना पीएसओ पनि प्राप्त गर्नेछन् ।

IME
khanepani