काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

राष्ट्रपतिको दसैँ शुभकामना- न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान होस्

5.08K
shares
khanepani bord

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँले सबै नेपालीलाई न्याय र समानतासहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्रदान गरोस् भनी कामना गरेका छन् ।

एक शुभकामना सन्देशमार्फत् उनले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्‌भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीकको रूपमा दसैँलाई व्याख्या गरेका छन् ।

‘त्यसैले यो पर्वले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न हामी सवैलाई प्रेरित गर्ने छ भन्ने मेरो विश्वास छ’, राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।

बडादसैँ पर्वको संरक्षण एवं संवर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास उनको छ ।

IME
khanepani