काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम छः व्यापारी (भिडियो सहित)

6.68K
shares
khanepani bord

काठमाडौं । खसीबोका व्यापारीहरुले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।

नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा विभिन्न जिल्लाहरुबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरे । उनीहरुले दुर्गम जिल्लाहरुबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महंगो परेको बताए । उनीहरुले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरुबाट नल्याएकाले महंगो पर्न गएको उनीहरुको भनाइ छ ।

एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महंगो परेको बताउनु भयो । त्यस्तै पशुचौपाया खरिद बिक्री संघका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताउनु भयो । उहाँले मानिसहरुसँग पैसा कमी भएकाले दशैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताउनु भयो । यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरु प्रशस्त रहेको बताउनु भयो ।

उनीहरुले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ। काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं आएको बताए ।

IME
khanepani