काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

एनआरएनएले गैरआवासीय नेपालीको हीतमा काम गर्नुपर्छः अध्यक्ष शर्मा (भिडियो सहित)

6.83K
shares
khanepani bord

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनबाट असन्तुष्ट भइ नयाँ कार्यसमिति गठन गरेको राजकुमार शर्मा नेतृत्वको असन्तुष्ट पक्षले पदभार ग्रहण गरेको छ ।

सोमवार काठमाडौंको बालुवाटारस्थित एनआरएनएको कार्यलयमा गइ पदाधिकारीहरुले एक अर्कालाई बधाइ र खादा लगाइदिँदै काममा लागेका हुन् । काममा लागेको घोषणा गर्दै अध्यक्ष शर्माले विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने कार्य अहिले प्रमाणित भएको बताए। उनले आफूहरुसँग सहमति भएको १२ घण्टा नबित्दै निर्वाचित अध्यक्ष बद्री केसीले शपथग्रहण गर्नुले धाँदली भएको पुष्टि भएको बताए। उनले रि भोटिङ गर्ने भए अझै आफू तयार रहेको बताए । उनले संस्थाले केही गुट र सिमित व्यक्तिको हीतमा कम गर्नु नहुने बताए ।

उनले भने, ‘विगत केही वर्षदेखि आफ्नै कब्जामा मात्रै राख्ने र दुराशयपूर्ण ढंगले अघि बढाउने जस्तो शंका थियो, त्यो शंका अहिलेको महाधिवेशनमा भेरोबाट भोटिङ गर्दा प्रमाणित भएको छ । हामीसँग सम्झौता भएको १२ घण्टा नबित्दै शपथ खानुभयो । बद्री केसीज्युलाई अझै भन्छु, रि भोटिङ गरौँ, म जहिले पनि तयार छु होइन भने दम्भले अड्काएर राख्नु हुँदैन । संस्थाले केही गुट र सिमित मानिसको हीतमा काम गर्ने होइन, साझा हीत हुनेगरी काम गर्नुपर्छ, गैरआवासीयको हीतमा काम गर्नुपर्छ । यो बिद्रोह संस्था बचाउनका लागि हो ।’

उनले आफूहरुको बिद्रोह संस्था बचाउनको लागि भएको बताए ।

IME
khanepani