काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

शुम्भ निशुम्भ अनी देवी दुबै हामी भित्रै छ !!

6.38K
shares
khanepani bord

उसो त चन्डी हरेक दिन पढ्नु पर्ने हो , त्यो सम्भब नभएकाले होला नबरात्रीको बेलामा बिशेष पढ्ने गरिएको। मलाई धेरै जनाले सोध्नु हुन्छ, संस्क्रितमा छ पढ्न सक्नु हुन्छ? पाचौ अध्यायका श्लोक बाहेक शायद पढाईमा शुद्दता हुन्न होला , तर मनमा भने छ र मेरो लागि यही नै महत्वपूर्ण कुरा हो। अनी फेरी सोध्नु हुन्छ के बुझ्नु हुन्छ त पढ्न समेत शुद्द नआऊनेले।

अनादी काल देखी सुरु भएको यो प्रचलनमा कालान्तरमा आएर मानिसहरु माम्शाहारी बन्दै गए । दुर्गा भगवतिको नाममा तान्त्रिक बिधी अनुसार पशु वली दिने प्रचलन शुरु भयो।चन्डी पूजा बिधीमा कुबिन्डोको वली दिने बिधी उल्लेख छ। पशुबलिको कुरा गरेको छैन।

बिभिन्न पात्रका माध्यमबाट बयान गरिएका राक्षसी प्रब्रिती हामी भित्र पनि छ। देवीहरुले अन्यायी र अत्याचारीहरुबाट देवतालाई बचाएको प्रसङ्ग उल्लेख छ। दुर्गा सप्त सतिमा मधु कैटबको कथा पढ्न पाईन्छ। यो राम्रो नराम्रो , मिठो नमिठो , सुख दु:खको प्रतिनिधि हो जस्तो लाग्छ। जिन्दगीमा हामी यि कुराबाट माथि उठ्न सकेको हुँदैन। दसैं चलिरहेको छ हामी मासु, रक्सी खान्छौ । स्वास्थका लागि राम्रो नहुन सक्छ तर पनि खाइ हालौ न भन्ने हुन्छ। स्वाद भन्दा माथि हामी उठ्नै सक्दैनौ। अब स्वाद भन्दा माथि उठि हालेम भने पनि समाजमा चलेका जस्तो कि पार्टी भयो कि जाड खाइ हाल्नु पर्ने नत्र सोसल भैदैन, ठुलो घर, पद , पैसा वा यस्तै यस्तै हुनै पर्ने हाम्रा महत्वकाङ्क्षक्षाको भकारी नै मधु कैटब हो जस्तो लाग्छ। त्यसपछी देवीले बध गर्ने अर्को पात्र हो महिषासुर। महिषासुर कामबासना वा यस्तै अरु कुराहरुको तिब्र चाहनाको प्रतिनिधि हुन पर्छ। जसको कुनै सिमा हुँदैन। र यस्लाई व्यबस्थापना गर्न एउटा उर्जाको खाचो पर्छ र देवीको अराधाना बिना यो सम्भब छैन। रिस , राग जस्ता कुरा पनि एनर्जी नै हुन र यस्लाई पनि व्यबस्थापनाको खाचो पर्छ।
धुम्रलोचन भन्ने अर्को पात्र छ। जुन सम्यक दृष्‍टि सँग सम्बन्धी छ जस्तो लाग्छ। कुनै पनि खालका भ्रमबाट माथि उठेर आफु किन जन्मेको हो भन्ने थाहा पाउनको लागि यस्ता पात्रको प्रयोग भएको जस्तो लाग्छ। चन्डीमा अर्को पात्र हुन चन्ड मुन्ड । चन्डको अर्थ हिंशा , क्रुरता हो भने मुन्डको अर्थ हामी भित्र भएको ज्ञान हो।

दुर्गा सप्तसतिमा रक्तबिज शक्तिशाली पात्र हो। युद्दभुमिमा उसको एउटा थोपा मात्रै रगत बग्यो भने त्यसबाट हजारौ उस्तै रक्तबिज उत्पती हुन्थियो भनिएको छ। यस्लाई हाम्रो आफ्नै महत्वकाङ्क्षक्षा सँग जोडेर हेर्न सकिन्छ। एउटा इच्छा पुरा गयो अर्को गर्न मन लाग्छ। यही मृगतृष्णामा हामी जिन्दगी नै सकाउछौ। अब अर्को पात्र छ शुम्भ निशुम्भ। राम्रा नराम्रा , नैतीक ,अनैतीक ,चोर, फटाहा, विद्वान यि र यस्तै स्वभाब हामी सँग छन। राम्रो /नराम्रो, सहि/ गलत भन्ने कुरा हामी समाजमा स्थापित मान्यताको आधारमा गर्छौ, सत्य के हो भनी हामीलाई ध्यान नै हुँदैन। यि र यस्तै राक्षससँग लडेर बोध गम्य हुनको लागि हामीलाई एउटा उर्जाको जरुरत पर्दछ र यसको लागि साधनाको जरुरत पर्दछ र त्यो साधना नै देवीको ध्यान हो र यसै बाट मात्रै मुक्ती मिल्छ।
यहाँहरुलाई नवमिको शुभकामना।

IME
khanepani