राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा (भिडियो सहित)
वि.सं.२०८० कात्तिक ६ सोमवार १९:०७
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडा दशैँ (विजया दशमी) को नवौँ दिन नवकन्याहरुको पूजा गरेका छन।
सोमवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका छन । विजया दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २,३,४,५,६,७,८,९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो । यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरुको पूजा गरेका छन।
























