काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता रकम राष्ट्रिय बजेट प्रणाली र सरकारी...

पुरा पढ्नुहाेस्

विद्यार्थीलाई आफ्नै घरमा थुने प्रिन्सिपल प्रहरी नियन्त्रणमा विद्यार्थीको भयो उद्धार

6.03K
shares
khanepani bord

जनकपुरधाम । सिरहाको लहान नगरपालिकाका-४ स्थित एक बोर्डिङले बन्धक बनाएको विद्यार्थीको प्रहरीले उद्धार गरेको छ ।

कक्षा १ मा अध्ययनरत सचिन रामलाई पाराडाइज एकेडेमीका सञ्चालकसमेत रहेका प्रिन्सिपल राकेश गुप्ताले दसैँमा फी नबुझाएको भन्दै घरमा थुनेर राखेका थिए ।

छोरा सचिनलाई स्कूलले बन्धक बनाएको भन्दै उनका बुवा दीपेन्द्रले उद्धार गरिदिन इलाका प्रहरी कार्यालय लहानलाई गुहारेका थिए । त्यहाँका डीएसपी भोला भट्ट आफैँ विद्यालय पुगेर आज बालकको उद्धार गरेको स्रोतले बतायो ।

प्रहरीले बोर्डिङ सञ्चालक राकेश गुप्तासहित तीनजनालाई नियन्त्रणमा समेत लिएको छ । डीएसपी भट्टले विद्यार्थीलाई उद्धार गरेको र अनुसन्धानका लागि तीनजनालाई कार्यालयमा ल्याएको बताए ।

उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ । थप कुरा बोल्न मिल्दैन ।’

स्रोतका अनुसार बोर्डिङ सञ्चालक गुप्ता पक्राउ परेलगत्तै निजी विद्यालयका सञ्चालकहरूले छुटाउनका लागि प्रहरीलाई दबाब दिइरहेका छन् ।

IME
khanepani