काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक...

पुरा पढ्नुहाेस्

मनाङ एअरका पाइलटको उपचारका क्रममा निधन

4.89K
shares
khanepani bord

काठमाडौँ । मनाङ एअरका पाइलट प्रकाशकुमार सेढाइँको उपचारका क्रममा निधन भएको छ । गत असोज २७ गते शनिबार हेलिकप्टर दुर्घटनामा परी घाइते हुनुभएका पाइलट सेढाइँको भारतको नेशनल बर्न सेन्टर मुम्बईमा उपचार भइरहेको थियो । उपचारकै क्रममा आज सोही अस्पतालमा उनको निधन भएको मनाङ एअरका व्यवस्थापक राजु न्यौपानेले जानकारी दिए ।

काठमाडाँमा उपचार हुन नसकेपछि सेढाइँलाई मुम्बई लगिएको थियो । अस्पतालका अनुसार सेढाइँको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । मनाङ एअरको हेलिकप्टर नाइन एन–एएनजे सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको थियो ।

IME
khanepani