गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

भ्रष्टाचारको समूल अन्त्य हुनुपर्छ ः डा कोइराला

4.84K
shares
khanepani bord

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासनका निम्ति भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य हुनुपर्ने बताए ।

विराटनगरको सोभित भवनमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कोशी प्रदेश सरकारका कारण केन्द्रीय गठबन्धनमा कुनै असर नपर्ने बताए । उनले अहिलेको गठबन्धनको सरकार पूर्ण कार्यकालसम्म चल्ने भन्दै नेपाली कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए । उनले देश कुनै पनि द्वन्द्वमा फस्न नहुने भन्दै नेपाल एसियाको गरिब देश हुनुमा राजनीतिक दल र नेता प्रमुख कारक भएको बताए।

केन्द्रीय सदस्य डा कोइरालाले विकासमा कोशी प्रदेश पछाडि पर्नाका कारण पनि राजनीतिक अस्थिरता हो भन्दै राजनीतिक दलले समाजलाई जोड्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे । उनले भने, “अन्य राजनीतिक पार्टीबाट समायोजन भएर आउने राजनीतिक दलका नेता र कार्यकर्तालाई नेपाली कांग्रेसले संरक्षणसहित अवसर पनि दिन्छ ।”

IME
khanepani