काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

दसैं मनाएर उपत्यका फर्कनेको काठमाडौंका नाकामा बढ्न थाल्यो भीड

5.11K
shares
khanepani bord

काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेहरू फर्कन थालेसँगै काठमाडौं भित्रिने नाकामा भीड देखिन थालेको छ।

बिहीबार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।

नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको थियो।

नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ। दसैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेको थियो। नाकामा सवारीसाधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

यसवर्ष दसैंको अवसरमा उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए।

उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड बढेको उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ। उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ।

IME
khanepani