काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

माछापोखरीमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सन्चालकसहित ३ जना पक्राउ

4.24K
shares
khanepani bord

काठमाडौं। काठमाडौंको माछापोखरीमा दुई भारतीयलाई लुटपाट गरेको आरोपमा रेस्टुरेन्ट सन्चालकसहित ३ जना पक्राउ परेका छन्। ग्रिन टि सस्तोमा मिलाई दिने भन्दै बारमा पुर्याएर उनीहरुलाई लुटिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

पक्राउ पर्नेमा माछापोखरीस्थित किङ्स अकबरे मम्स रेस्टुरेन्टका सन्चालक नुवाकोटको ककनीका २७ वर्षीय उमेश लामासहितका व्यक्ति रहेका छन्।

पीडित भारतीय ठमेलस्थित एक होटलमा बिहीबारदेखि बस्दै आएका थिए। प्रहरीका अनुसार उनीहरुलाई सस्तोमा ग्रिन टी मिलाई दिने बहानामा माछापोखरीस्थित एक बारमा पुर्यााएर लुटिएको थियो।

कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटिएको प्रहरीले जनाएको छ। प्रहरीले पक्राउ परेकाको साथबाट एउटा मोटरसाइकल र ५९ हजार ३ सय ५५ रुपैयाँ नगद बरामद गरेको छ।

IME
khanepani