काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

राष्ट्रसंघका महासचिव गुटेरेसले संघीय संसदमा मंगलबार सम्बोधन गर्ने

4.24K
shares
khanepani bord

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई मंगलबार सम्बोधन गर्ने भएका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले महासचिव गुटेरेसले सम्बोधन गर्ने पत्र पढेर सुनाउँदै प्रतिनिधिसभा र राष्ट्रियसभाको सदनलाई संयुक्त रुपमा सम्बोधन गर्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संघीय संसदलाई पठाएको पत्र पढेर सुनाउँदै सभामुख घिमिरेले भने, ‘नेपाल सरकार मन्त्रिपरिषद्को २०८० कात्तिक २ गतेको बैठकबाट संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टिनियो गुटेरेसले २०८० कात्तिक १२ देखि १५ गतेसम्म गर्नुहुने नेपाल भ्रमणको औपचारिक कार्यक्रम स्वीकृत भएको र उक्त भ्रमणका सिलसिलामा उहाँले २०८० कात्तिक १४ गते मंगलबार अपरान्ह ४ बजे दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेकोले त्यसका लागि आवश्यक व्यवस्था गरिदिनहुन अनुरोध गर्दछु ।’

IME
khanepani