काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

दसैंपछिको पहिलो कारोबार दिनमा २८ अंकले घट्यो शेयर बजार

4.12K
shares
khanepani bord

काठमाडौं । दसैं बिदाको १० दिनपछि खुलेको शेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा अडिएको हो । यस दिन बजारमा २७ लाख १२ हजार १२३ कित्ता शेयरको खरिद बिक्री हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँमा कारोबार खुम्चिएको छ ।

आज कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयरमा नकारात्मक सकिर्ट लगेको छ । प्रतिकित्ता ३५० रुपैयाँमा पहिलो कारोबार खुल्ला भएको सोनपुर मनिरल्स घटेर ३१५ रुपैयाँमा झरेको छ ।

कारोबारका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहेको छ ।

IME
khanepani