काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

नविना लामासहित एमाले नेताहरू चढेको गाडी पल्टियो, भक्तकुमारी लामासहितका यात्रु सामान्य घाइते

4.76K
shares
khanepani bord

काठमाडौं । नेकपा एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद नविना लामासहित नेताहरु चढेको बोलेर गाडी काभ्रेको बेथानचोक-१ मा पल्टिएको छ ।

तालढुंगाबाट माथि लागेको गाडी गुवाभन्ज्याङमा ब्रेक फेल भएर सडकमा पल्टिँदा बागमती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामासहित केही सामान्य घाइते भएका छन् ।

गाडी सामान्यरूपमै उकालो चढेकोमा अचानक निकालो भन्ने ठाउँको सडकमा पल्टिएको तर ठूलो क्षति हुन नपाएको सोही गाडीमा सवार संविधानसभा सदस्य तथा एमाले नेता रामहरी सुवेदीले बताए ।

पार्टी कामको सिलसिलामा नेताहरु बेथानचोक पुगेका थिए । सामान्य घाइतेहरूलाई तत्कालै एम्बुलेन्सबाट उद्धार गरिएको छ ।

उकालोमा ब्रेक नलाग्दा ब्याक भएको गाडी भित्तामा ठोक्काएर पल्टाएको सुवेदीले बताएका छन् । उनी पनि सामान्य घाइते भएका छन् । ७ जना घाइतेलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको छ ।

IME
khanepani