काठमाडौँ । नेपाली कांग्रेसले महामन्त्री प्रदीप पौडेललाई काठमाडौँ क्षेत्र नम्बर ५ को उम्मेदवार बनाएको...

पुरा पढ्नुहाेस्

सशस्त्र प्रहरीले सुनसरीस्थित सीमा क्षेत्रबाट भन्सार छली भित्र्याएको करिब ८ लाखभन्दा बढीको सामान बरामद

4.42K
shares
khanepani bord

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीस्थित सीमा क्षेत्रबाट भन्सार छली भित्र्याएको करिब सवा आठ लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे. क्वा सुनसरीले आइतबार उक्त सामान बरामद गरेको हो ।

गणले चाडपर्व लक्षित सुरक्षा योजना बनाइ सीमा इलाका तथा अन्य स्थानहरुमा रहेका युनिटहरुलाई प्रभावकारी रुपमा परिचालन गरिरहेको र सोहि योजनाअनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर, वि. ओ. पि. घुस्की, बिओपि लाही, बिओपि उल्टी र बिओपि लौकहीबाट खटिएको टोलीले सुनसरीका विभिन्न सीमावर्ती इलाकामा भारतबाट भन्सार छली नेपाल भित्र्याइएका लत्ताकपडा, किराना सामान, मकैको बिउ, ईलेक्ट्रोनिक सामान र घासँको बिउ आदि बरामद गरेको हो ।

बरामद सामानहरु आवश्यक कारबाहीका लागि सुनसरी मुल भन्सार कार्यालय सेतुबन्धमा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुधिर खतिवडाले जानकारी दिएका छन् । यसैगरी जिल्ला सुनसरी कोशी गापा ०४ जुद्धगंज स्थित पूर्व पश्चिम लोकमार्गमा भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकलमा लोड गरि नेपाल तर्फ ल्याउँदै गरेको मुल्य एक लाख ४५२ रुपैयाँ बराबरको पट्का पनि बरामद गरेको छ ।

IME
khanepani