काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु

5.42K
shares
khanepani bord

ब्रासिलिया । उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले बताएको छ ।

दुर्घटनामा विमान चालक र सहचालकसहित ११ वयस्क र एक शिशुसहित सबै यात्रुको निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुको राष्ट्रियता पत्ता लागेको छैन ।

यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् ।

स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा शहरतर्फ गइरहेको थियो ।

अल जजिराका अनुसार विमानमा आगो निस्कियो र पेरु तथा बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।

IME
khanepani