काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

निमावि शिक्षक लाइसेन्स परीक्षामा काठमाडौंका परीक्षा केन्द्र परिवर्तन

5.58K
shares
khanepani bord

काठमाडौं । शिक्षक सेवा आयोगले १८ कात्तिकमा हुने बागमती प्रदेश काठमाडौं जिल्लाको निमावि शिक्षक लाइसेन्स परीक्षा केन्द्र परिवर्तन गरेको छ ।

आयोगले १८ कात्तिक दिउँसो १ बजे सञ्चालन गर्न लागेको निम्न माध्यामिक तह अध्यापन अनुमति पत्रको बागमती प्रदेश काठमाडौं जिल्लाका तोकिएको परीक्षा केन्द्र र लोकसेवा आयोगबाट सञ्चालन हुने परीक्षा केन्द्रसँग जुध्न गएको भन्दै परीक्षा केन्द्र परिवर्तन गरिएको सूचना प्रकाशित गरेको छ ।

आयोगले परीक्षा केन्द्र समन्वय समिति काठमाडौंको सिफारिस र आयोगको आयोगको आइतबारको निर्णय अनुसार परीक्षा केन्द्र परिवर्तन गरिएको जनाएको छ ।
आयोगको अनुसार जनप्रभात मावि कालिमाटी क केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी क केन्द्रमा, जनप्रभात मावि कालिमाटी ख केन्द्रको काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट, कालीमाटी ख केन्द्रमा परीक्षा केन्द्र सारिएको छ ।

त्यस्तैगरी नन्दी मावि नक्साल, काठमाडौंको धुम्रवराही मावि धुम्रवराही काठमाडौंमा, रत्नराज्य मावि बानेश्वर क केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार क केन्द्रमा, रत्नराज्य मावि बानेश्वर ख केन्द्रको पद्यमकन्या विद्याश्रम मावि, डिल्लीबजार ख केन्द्रमा, शान्तिविद्या गृह मावि लैनचौर क केन्द्रको कन्या मन्दिर मावि न्यौखा, क केन्द्रमा र शान्तिविद्या गृह मावि लैनचौर ख केन्द्रको कन्या मन्दिर मावि न्यौखा, ख केन्द्रमा सारिएको छ ।

IME
khanepani