गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

माओवादी नेता चापागाईं भन्छन्- एमालेलाई कोशी सरकारबाट बाहिर नपठाऔं

5.54K
shares
khanepani bord

विराटनगर । माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गाप्रसाद चापागाईंले कोशी प्रदेशमा सहमतीय सरकार बनाउनुपर्ने बताएका छन् । कोशीमा हाल काँग्रेस विद्रोही समूहका केदार कार्की मुख्यमन्त्री छन् ।

चापागाईंले कार्की नेतृत्वको सरकारलाई नै प्रदेश सहमतिको सरकारमा रुपान्तरण गर्नुपर्ने बताए । संघीय गठबन्धनमा रहेका दललाई सरकारमा ल्याए बाहिरिने एमालेको चेतावनी र एमालेलाई बाहिरै राखेर गठबन्धन दलले मात्र सरकार चलाउँछु भन्नु दुवै सोच प्रदेशको स्थायित्वका लागि उचित नभएको चापागाईंको तर्क छ ।

‘गठबन्धन दलहरुलाई सहभागी गराए सरकार छोड्छौं भन्ने एमालेको अडान र एमालेलाई सरकारबाट बाहिर निकालेर पुनः गठबन्धनको मात्र सरकार बाउनुपर्छ भन्ने गठबन्धन दलहरुको सोच दुवैले प्रदेश लाई स्थायित्व दिँदैन’, सामाजिक सञ्जालमार्फत चापागाईंले भनेका छन्, ‘त्यसैले हाम्रो प्रदेशको गणितीय जटिलतालाई ध्यान दिँदै प्रदेश सहमतिको सरकार निर्माणमा सबैपक्ष इमान्दारपूर्वक लागौं ।’

काँग्रेसको शेखर कोइराला समूहका कार्की एमालेका ३९ र आफ्नो समूहका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सत्ता गठबन्धनले पनि विश्वासको मत दिएपछि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन्।

एमालेले आफ्नो समर्थनमा मुख्यमन्त्री बनेकाले सत्ता गठबन्धन दललाई सरकारमा नल्याउन कार्कीमाथि दबाब दिइरहेको छ । काँग्रेसले भने गठबन्धनमा सहभागी दलहरुलाई सरकारमा सहभागी गराउन कार्कीलाई निर्देशन दिइसकेको छ ।

IME
khanepani