गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि बोलायो साधारणसभा, नगद लाभांश प्रस्ताव पारित हुने

4.71K
shares
khanepani bord

काठमाडौं । सिद्धार्थ बैंकले मंसिर ५ गतेका लागि सााधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट वितरण हुने लाभांश तथा वित्तीय विवरण पारित गर्न बैंकले सार्वजनिक सूचनामार्फत साधारणसभा बोलाएको हो ।

बालुवाटारस्थित अम्रपाली बैंक्वेटमा हुने साधारणसभाले घोषित ४.२१ प्रतिशत नगद लाभांश पारित गर्नेछ । सो लाभांश पारित भएपछि मात्रै सेयर लगानीकर्ताले पाउने छन् ।

साधारणसभाका लागि कम्पनीले कात्तिक २१ गते सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने जनाएको छ । यसको अर्थ कम्पनीको लाभांश पाउनका लागि सोको अघिल्लो दिन अर्थात कात्तिक २० गतेसम्म कायम रहेका सेयरधनी मात्रै हकदार हुने छन् ।

कात्तिक २० गतेसम्म सेयर कायम रहेका सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

IME
khanepani