काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

ओखलढुंगाका जेष्ठ कम्युनिस्ट पूर्व गाविस अध्यक्ष कृष्ण भट्टराईको ८६ वर्षको उमेरमा मंगलवार साँझ निधन

3.6K
shares
khanepani bord

ओखलढुंगा । गाम्नाङ गाविसका पूर्व अध्यक्ष तथा ओखलढुंगा जिल्लाका जेष्ठ कम्युनिस्ट नेता षणकृष्ण भट्टराईको ८६ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको छ ।

नेकपा एमालेका बयोबृद्ध नेता भट्टराई २०४९ र २०५४ सालमा दुईपटक साबिक गाम्नाङ गाविस हाल लिखु गाउँपालिका (वडा नम्बर ६ र ७) को अध्यक्ष निर्वाचित भएका थिए ।

पछिल्लो समय वीर अस्पतालमा उपचारपछि घर फर्किएका भट्टराईको मंगलवार गाम्नाङटारमै निधन भएको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले विज्ञप्तिमार्फत जनाएकी छन् ।

भट्टराईको निधनबाट ओखलढुंगाले पहिलो पुस्ताका वामपन्थी नेता गुमाएको एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारले बताएका छन् । भट्टराईका पिता राणाकालीन समयमा डिठ्ठा थिए ।

IME
khanepani