काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरीको आह्वान गर्ने निर्णय

3.87K
shares
khanepani bord

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरीको आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस भउका परराष्ट्र मन्त्रालयका सचिव पौड्यालउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।

मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कात्तिक ३ गते सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो । मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।

पौडेललाई मन्त्रीसरहको मर्यादासहित क्यानडाको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका छन् ।

IME
khanepani