काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

एमाले मुख्यालयबाट प्रचण्डले भने, ‘दलहरुबीच समझदारीको वातावरण बनेको महसुस गरेको छु’

4.65K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलहरुबीच विश्वासको वातावरण बन्दै गएको विश्वास व्यक्ति गरेका छन्।

चाडपर्वको अवसरमा एमालेले पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग बोल्दै आफूले सुरुआती चरणदेखि नै दलहरूलाई एकै ठाउँमा ल्याउन पहल गरिरहेको बताए।

उनले भने, ‘मैले जहिले पनि दलहरूलाई एकैठाउँमा ल्याउन पहल गरेको छु। आज बिहानको मिटिङ पनि त्यही पहल हो। सकारात्मक भएको छ। अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरूको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु।’

उनले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ता सकारात्मक भएकाले शान्ति प्रक्रिया चाँडै टुंगिने वातावरण बन्दै गएको बताए।

IME
khanepani