काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार...

पुरा पढ्नुहाेस्

पीडितलाई केन्द्रमा राखेर सहमतिमै शान्ति प्रक्रियालाई टुंग्याउनुपर्छ : केपी शर्मा ओली

3.77K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिमा टुंग्याउनुपर्ने बताएका छन्।

चाडपर्वको अवसरमा पार्टी मुख्यालयमा आयोजित चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनेबारे छलफल भइरहेको बताए।

उनले भने, ‘शान्ति प्रक्रियालाई सहमतिको साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राख्नुपर्छ। सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय समुदाय खास गरी मानवअधिकार काउन्सिलले हामीलाई केही कुरा भनेको छ। ती कुराहरूलाई पनि ध्यान दिनुपर्छ।’

उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन अब ढिलाइ गर्न नहुने समेत बताए।

IME
khanepani