काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

अधिवेशनको अन्त्य भएको जानकारी गराउँदै सभामुखले भने, ‘संसदीय कामकारबाहीले गति लिएका छन्’

4.65K
shares
khanepani bord

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालू अधिवेशन अन्त्य हुँदै गर्दा सांसदहरुले आज राखेको समीक्षात्मक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चालू अधिवेशनबाट प्राप्त गरेका अनुभव र अभ्यासबाट शिक्षा लिँदै आगामी दिनका संसदीय गतिविधिहरु प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘संसद प्रभावकारी बनाउने दायित्व सरकार, संसदको नेतृत्व, राजनीतिक दल र माननीय सदस्यहरुको हो । चालू अधिवेशनमा संसदीय कामकारबाहीले गति लिएका छन् । समितिहरुले सक्रियतापूर्वक काम सुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीहरुसँगको प्रश्नोत्तरलाई विधि तय गरेर नियमित गर्ने अभ्यास सुरु गरिएको छ ।’

जनप्रतिनिधिको सर्वोच्च थलो संसद्लाई आगामी दिनमा लोकतान्त्रिक अधिकारको उच्चतम प्रयोग र अभ्यास गर्ने मञ्चको रुपमा विकास गर्न सबैलाई प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे। उनले चालू अधिवेशनमा प्राप्त सहयोग र सहभागिताका लागि सरकार, राजनीतिक दल र माननीय सदस्यहरु एवं प्रत्यक्ष-परोक्षरुपमा सहयोग पुर्‍याउनुहुने नागरिक समाज, सञ्चारजगत् तथा नेपाली जनताप्रति आभार व्यक्त गरेका छन् ।

IME
khanepani