गुल्मी । गुल्मी जिल्लाको रुरु गाउँपालिका–१ खोल्टेपानीस्थित मदन भण्डारी सडक (रिडी–खर्ज्याङ) खण्डमा जिप दुर्घटना...

पुरा पढ्नुहाेस्

रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालको फैसलालाई सरकारले सम्मान गर्छः मन्त्री ज्वाला(भिडियो सहित)

5.89K
shares
khanepani bord

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताए ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताएका हुन । उनले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताए । उनले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडी बढ्ने बताए ।

उनले भने, – ‘अदालतले जुन आदेश, फैसला गर्छ सरकारले त्यसलाई सम्मान गर्छ । अदालतको निर्णय सरकारले पालना गर्छ । कतिपय विषयहरु सरकारले निर्णय गर्छ । ति विषयहरु अदालतमा जान्छन् । ति निर्णयमा कहिलेकाही अदालतले फरक आदेश पनि गर्न सक्छ । ति आदेशहरु पालना गर्छ । त्यसैले हरेक निर्णयमा राजीनामाको कुरा आउन थाल्यो भने हरेक फैसला हुँदै जाँदा राजीनामा दिदैँ जाने त्यो कति सम्भव हुनसक्छ, यस विषयमा छलफल गर्नु पर्दैन । हरेक विषयमा जोगिएर निर्णय गर्नुप¥यो । संविधान, नियम, कानूनलाई ध्यानमा राखेर निर्णय गर्नुप¥यो । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन यस सम्बन्धमा सरकारले निर्णय गर्दाखेरी अझै राम्रो सँग बिचार गर्नुपथ्र्यो तर अब चाहीँ अदालतको निर्णयलाई सम्मान गर्छौ । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पारे ।

IME
khanepani